वितेको २४ घन्टामा कोरोना भाइरसको सबै रेकर्डहरु तोडिँदा काठमाडौं उपत्यकामा ३ हजार ८ सय भन्दा बढीमा सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज काठमाडौं जिल्लामा २ हजार ८४९ ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ गरी कूल ३ हजार ८२५ जनामा सङ्क्रमण देखिएको हो ।
पछिल्लो समयमा सङ्क्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी भएतापनि कोरोना सङ्क्रमणको दर रोकिएको छैन । नेपालका ५२ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
आज देशभर ८ हजार ६५९ जनामा संक्रमण देखिँदा काठमाडौं उपत्यकामा ३ हजार ८२५ जनामा सङ्क्रमण देखिएको हो ।