
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। बुढानिलकण्ठमा यतिबेला छलफल चलिरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
यही वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन लागेका छन्। सो प्रस्तावलाई असफल पार्ने निर्णय लिइसकेको काँग्रेससँग सोही प्रस्तवबारे छलफल गर्न प्रधानमन्त्री ओली देउवा निवास पुगेका हुन्।
प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि बुढानिलकण्ठ पुगेका छन्।