नेपालमा वितेको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ५८ जनाको निधन भएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता एकैदिन निधन हुने आजको सर्वाधिक हो । यसअघि मङ्गलबार ५५ जनाको निधन भएको थियो ।
स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर २० हजार ७५६ जनाको पिसिआर र ६१६ जनाको एन्टिजेन परिक्षण गर्दा क्रमश ८ हजार ६०५ र ५४ गरी कूल ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
हिजो मङ्गलबार ७ हजार ६६० जनामा सङ्क्रमण देखिएको थियो भने ५५ जनाको ज्यान गएको थियो ।
सबै रेकर्ड तोड्दै २४ घण्टामा ८ हजार ६ सय ५९ मा संक्रमण पुष्टि