बलिउड फिल्म अभिनेत्री कंगना रनौतले आफ्नो ट्वीटर अकाउन्ट सस्पेन्ड भएपछि कडा प्रतिक्रिया जताउँदै ट्वीटरले यस्तो गरेर उनकै कुरा पुष्टि गरेको बताएकी छिन् ।
कङ्गनाले नै सोमबार पश्चिम बङ्गालमा हिंसाको दाबी गर्दै एक ट्वीट गरेकी थिइन्, उनको त्यो ट्वीटलाई ट्विटरमा कैयौँ व्यक्तिले हिंसक र भड्काउन प्रेरित रहेको बताएका थिए । केहीले कङ्गनाको ट्विटर अकाउन्ट रद्द गर्न माग गरेका थिए ।
कङ्गनाको एक विज्ञप्तिमा गर्दै भनेको छिन्, ‘ट्विटरले मेरो नै पक्षलाई साबित गरिदिएको छ । म सँग सिनेमासहित धेरै प्लेटफर्म छन्, जसको प्रयोग म आफ्नो आवाज उठाउनका लागि गर्न सक्छु । तर यातना दिइएका, दास बनाएका र हजारौँ वर्षदेखि दबाएर राखिएका र अहिलेसम्म दुःदको अन्त्य नभएका देशका मानिसहरूको बारेमा मेरो हृदय दुख्छ ।’