नेपाल–भारत सीमावर्ती क्षेत्रमा खटिएका चार जना सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । रानी र दरैया बस्ती बोर्डर आउट पोस्टमा खटिएका चार जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण देखिएको हो ।
सशस्त्र प्रहरी स्रोतका अनुसार रानी बोर्डर आउट पोस्टका दुई जनामा कोरोना देखिएको छ । कोरोना देखिएका दुई जनामध्ये एक जनाले दुवै डोजको खोप लगाएका थिए भने अर्का एक जनाले पहिलो डोजको खोप लगाएको बताइएको छ ।
पहिलो डोजको खोप लगाउने सुरक्षाकर्मीलाई घाँटी खसखसाउने समस्या देखिएको छ । दुवै डोजको खोप लगाइसकेकालाई भने कोरोना लक्ष्यण केही पनि देखिएको छैन । दरैया नाकामा सङ्क्रमण भएकाले भने खोप नलगाएको बताइएको छ ।