वितेको २४ घन्टामा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युमा नयाँ रेकर्ड कायम भैरहँदा काठमाडौ उपत्यकामा तीन जिल्लामा ३ हजार ८९३ जनामा सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंमा २ हजार ७७९ भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।