इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना महामारीका कारण १४औँ संस्करणको आइपिएल स्थगित भएको जनाएको हो ।
कोरोना भाइरस महामारीका कारण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले एएनआईलाई बताएका छन् ।
विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना सङ्क्रमण देखिन थालेपछि आइपिएल अनिश्चितलका लागि स्थगित भएको उनले बताएका छन् ।