कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म पूर्ण तथा आशिंक गरि ४१ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
अहिलेसम्म ३० जिल्लामा पूर्ण र ११ जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ । यसैक्रममा बझाङमा आजबाट बैशाख २६ सम्म निषेधाज्ञा जारी गरिएको छ । यसैगरी अर्घाखाँचीमा आजबाट बैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाइएको छ भने रामेछापमा आंशिक रुपमा आज राति १२ बजेदेखि २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै बर्दियामा स्थानीय प्रशासनले वैशाख ३१ गतेसम्म निषेधाज्ञाको निर्णय गरेको छ । कपिलवस्तु, धादिङ, नुवाकोट, धनुषा, दैलेखमा भने मंगलबारेदेखि निषेधाज्ञाको निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।
केही जिल्लाहरु निषेधाज्ञा थप गरेका छन् । बाँके जिल्लामा बैशाख १३ गतेदेखि लागेको निषेधाज्ञाको पहिलो अवधि आज सकिँदैछ । जिल्ला प्रशासन कार्यालयले अर्को एक हप्ता अर्थात बैशाख २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने बताएको छ ।
यसरी निषेधाज्ञा थपिने जिल्लामा कास्की पनि परेको छ । हिजो कास्कीमा अहिलेसमम्मकै सर्वाधिक संक्रमित भेटिएका थिए भने ५ जनाको निधन भएको थियो । कास्कीमा भोलीसम्म जारी निषेधाज्ञालाई लम्बाएर ३१ गतेसम्म थप गरिएको छ भने कैलालीमा पनि वैशाख ३० गतेसम्म निषेधाज्ञा पुर्याइएको जानकारी गृह मन्त्रालयले दिएको छ ।
सुनसरी र झापामा निषेधाज्ञामा जोर विजोर प्रणाली लागू गरिएको छ ।
हेर्नुहोस् सूची
नोट : यो समाचार गृह मन्त्रालयले बिहान जारी गरेको सूचीको आधारमा तयार गरिएको हो । पछिल्लो केही घन्टामा कुनै जिल्लामा निषेधाज्ञा थप भएको भए त्यो यसमा समावेश गरिएको छैन ।