मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसंगै मन्त्रिपरिषद विस्स्तार गरेका छन् ।
मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्री रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।
रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरु दुबैजनाले शपथ ग्रहण गरेका छन् ।
प्राय हिन्दी सिनेमामा देख्न पाइने राजनीतिक नाटक लुम्बिनीमा मन्चन भइरहेको छ । हिन्दी सिनेमा जस्तै अब के हुन्छ भनेर अनुमान लगाउन सजिलो छैन । लुम्बिनीको राजनीतिले कस्तो मोड लिन्छ ? कुन नाटक मन्चन हुन्छ त्यो देखिँदै जानेछ ।