नेपालमा कोरोना संक्रमित थपिन थालेपछि अहिले लकडाउन भएको छ । लकडाउनले गर्दा नेपालीहरु घरभित्रै बस्न बाध्य भएका छन् । कोरोना महामारी र लकडाउनको मारमा परेका नागरिकहरुलाई नायिका वर्षा सिवाकोटीले हौसला दिने प्रयास गरेको छिन् ।
शनिबार सामाजिक सञ्जालमार्फत स्वस्थकर खाना खाएर घर भित्र बस्न सबैलाई उनले आग्रह गरेकी हुन् । वर्षाले नियमित व्यायाम गरेर शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहन पनि सल्लाह दिएकी छिन् । सामान्य रुघालाई घरेलु उपचारबाट निको पार्न समेत नायिका सिवाकोटीले आग्रह गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘ विश्व माहामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि द्रुत गतिमा बढ्दै गर्दा नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको सबैले पालना गरौँ । घर भित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ, नियमित व्यायाम गरौं, शारिरीक तथा मानसिक रूपमा तन्दुरुस्त रहौं। सामान्य रूघालाई घरमै घरेलु उपचारबाट निको पारौँ। नियमित रूपमा तातो पानी खाऔँ ।”अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु होला। निस्कनु परेमा माक्स तथा सेनिटाईजर प्रयोग गर्नुहोला।’
कुनै पनि शंकाजनक लक्षण देखिएमा परिवारका सदस्यहरु भन्दा पर बस्नुहोला स्वास्थ्य जटिल बन्दै गएमा मात्र अस्पताल जानुहोला भन्दै वर्षाले लेखेकी छिन्, ‘यो लकडाउको समयलाई भार हैन आभार सम्झनुहोला ।’ “आज सजक भयौं भने भोलि सहज हुन्छ “