नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ । शुक्रबार तोलामा रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार रु १०० बढेर तोलामा रु ९० हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै तोलामा रु ८९ हजार ४५० मा कारोवार भएको तेजाबी सुन आइतबार तोलामा रु ८९ हजार ५०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ९५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।
देशका २९ वटा जिल्लामा निषेधाज्ञा जारी भएका कारण सुनको कारोबार न्यून छ । वैशाख महिलामा विवाहका लगन भएका कारणले गर्दा केही मात्रामा सुनको कारोबार भएतापनि त्यसबाहेक सुनको कारोबार नभएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।