“मोरङ सुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना”भन्ने मूल नाराका साथ सन २००१ मा कतारमा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हालको परिस्थिति लाई पालना गर्दै ‘’भर्चुअल” माध्यमबाटै भए पनि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा बसोबास गरिरहेका मोरंग सुनसरी वासीको साझा संस्था मोसु कतारले मिति ३० अप्रिल २०२१ का दिन १६ औ साधारण सभा सम्पन्न गरेको छ ।
मोरङ सुनसरी संस्थामा आबद्ध युवाहरूलाई समाजमा अब्बल बनाउने उद्देश्यका साथ अयोजना हुने मोसु कतारको नृतत्वमा यस पटक सामाजिक अभियन्ता भीम बराइलीको हातमा पुगेको छ,बरालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
मोसु कतारका अध्यक्ष दिलीप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्ययतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष लोक बहादुर तामाङले मन्तव्य राख्दै मोसु प्रवास शाखाहरूले नेपाली समुदायमा विभिन्न माध्यम बाट सामाजिक कार्यहरू गरेको देख्दा खुसी प्रकट गरे । भविष्यमा पनि अझै मोसुको सामाजिक ऊंचाई कायम गर्न समाज र मातृभूमि प्रति थप योगदान दिन सफल हुने विश्वास,मोसु कतारका संस्थापक महासचिव चानक पोखरेलले बताए ।
मोसु कतारको यस कार्यक्रममा प्रवासमा रहेका सातै ओटा मोसु शाखाको उपस्थिति रहेकोमा मोसु प्रवास समन्वय समितिका संयोजक विनोद भट्टराईले खुसी व्यक्त गर्दै केही देशहरूमा शाखा स्थापनाको पहल भई रहेको जानकारी गराए भने अध्यक्ष तथा कार्यक्रममा सभापति दिलीप पराजुली बोल्दै उपस्थित भएर सभ्य तथा भव्य रूपमा सफल बनाइदिनु हुने सम्पूर्ण मोसु शाखा, अध्यक्ष परिषद्,सल्लाहकारहरू, लगायत आफ्नो कार्यकालमा कार्यभार सम्हाली पद्य जिम्मेवारी पूरा गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण ,कुमार कार्कीले गरेका थिए,कार्यक्रममा निर्वाचन समिति योजकको भूमिका तेज कट्वाल ले गरेका थिए भने उपाध्यक्ष भीम बराइली ले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई मोसु सचिव भोला बस्नेतले सञ्चालन गरेका थिए।
नवनिर्वाचित कार्यसमितिहरू अध्यक्ष भिमबहादुर बराइली,उपाध्यक्ष नेत्र कुमार भुजेल (नियम),उपाध्यक्ष लिलानाथ घिमिरे,सचिव भोला बस्नेत,कोषाध्यक्ष शुष्मा खतिवडा कटुवाल,सह-सचिव परशुराम बन्जारा,सह-सचिव अच्युत भट्टराई,सह-कोषाध्यक्ष : योजना शर्मा थापा,सह-कोषाध्यक्ष भरत श्रेष्ठ,सदस्यहरूमा प्रेम बहादुर राई,वीर जङ्ग थापा,सुनिता कोइराला आचार्य,सबिता दाहाल भट्टराई,गमला बस्नेत खतिवडा,परशुराम पोखरेल,गोविन्द विश्वकर्मा,जीवन याक्खा राई,मिना विश्वकर्मा,मुना ढकाल ,सुजन ढकाल ,छत्र बहादुर विश्वकर्मा रहेका छन् ।