नायिका प्रियंका कार्की र ऋचा शर्मा गर्भवती छन् । उनीहरुले केहि समयअघि आफूहरु गर्भवती भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
प्रियंका र ऋचा शर्मा मिल्ने साथी हुन् । उनै प्रियंका र ऋचा गर्भवतीमा रमाईरहेको भिडियो सार्वजनिक भएको छ । गर्भवती हुँदा के कस्तो महसुस हुन्छ र आफूहरुलाई अहिले कस्तो भइरहेको छ भन्दै दुईजनाको भलाकुसारी ऋचा शर्माले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।
उक्त भिडियोमा एकअर्कोले पेट छामिरहेको देख्न सकिन्छ । प्रियंकाले ऋचाको पेट समात्दै माया गरेकि थिइन् भने ऋचाले छिट्टै बच्चा देख्न पाइने भन्दै हसिमज्जाक गरेकी छन् ।
प्रियंका कार्कीलाई नेपाली फिल्मी क्षेत्रमा सबैभन्दा रमाउने नायिकाको रुपमा हेरिन्छ । उनी हरेक पलमा रमाइरहेकि छिन् । पछिल्लो समय उनको ब्याचलर्स पार्टी होस् वा हनिमुन पार्टी, हरेक क्षणमा प्रियंकाले भरपुर रमाइलो गरेकि छिन् ।
उनीहरु कहिले सार्वजनिक कार्यक्रममै म्वाई खान्छन् त कहिले मस्ति गरेको तस्बिर सामाजिक संजालमा सार्वजनिक गर्छन् । तीनै तस्बिरलाई दर्शकहरुले भने औधि रुचाउने गरेका छन् । उमेरले हेर्दा आयुष्मान प्रियंका भन्दा सानो हुन् । तीनै विषयलाई लिएर अहिले पनि प्रियंका र आयुष्मानलाई जिस्काईन्छ । तर, माया त माया नै हो ।
ऋचाले केहि समयअघि मात्रै आफू गर्भवति भएको फ्ल्यास गरिन् । फूलमा पानी हाल्दै गरेको तस्बिर सार्वजनिक गर्दै ऋचाले आफू गर्भवति भएको जानकारी दिइन् । कमेडि च्याम्पियनको जजका रुपमा देखिदै आएकि अभिनयमा अब्बल मानिने ऋचा फिल्ममा भने खासै चल्न सकेकि छैनन् ।