बल्खुमा तरकारी लिन जाँदै गरेको मेट्रोतरकारी डटकमको सवारी साधन सानेपामा प्रहरीले होल्ड गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख १६ गते एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरुलाई छुट्टै पास नचाहिने बताइरहँदा सब्जी लिन गएको सवारी साधन भने होल्डमा परेको हो ।
‘गाडी नियन्त्रणमा लिइएको खबर थाहा पाएपछि म त्यहाँ पुगेर प्रहरीलाई सम्झाउने कोसिस गरेँ तर त्यहाँको असईले मेरो कुरा नै सुन्नुभएन’ मेट्रोतरकारीका सिइयो अनिल वस्नेतले केटिएम दैनिकसँग गुनासो पोखे ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सवारी साधनमा कँही कतैबाट अवरोध भएका सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न सुझाव दिएपनि त्यहाँ फोन गर्दा जुन ठाउँमा नियन्त्रण (होल्ड) गरिएको हो त्यहाँ नै सम्पर्क गर्नु भन्ने उत्तर पाएको बस्नेत बताउँछन् ।
सवारी चालकसँग परिचय पत्र भएको, गाडीमा सब्जी ढुवानी भनेर लेखिएको कृषि ज्ञान केन्द्र ललितपुरले दिएको कृषी उद्ममी परिचयपत्र देखाउँदा समेत प्रहरीले बेलुका ७ बजेसम्म गाडी होल्ड गर्ने भन्दै राखिएको वस्नेत बताउँछन् ।
यस विषयमा महानगरीय प्रहरी प्रभाग सानेपामा सम्पर्क गर्दा अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधनहरुलाई परिचयपत्रको आधारमा छाडिएको प्रहरीले जानकारी दिएको छ ।