कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भिमदत्त नगरपालिकाका ८ की अन्दाजी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर मृत्यु भएको हो।
बिहीबार बिहान गाईबस्तुका लागि घाँस काट्न गएकी भट्टको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले केटिएम दैनिकलाई बताए।
रुखबाट खसेकी भट्टको टाउकोमा चोट लागेको प्रहरी निरीक्षक बमले जानकारी दिए । मृतक भट्टको शव परीक्षणका लागि महाकाली अस्पताल राखिएको प्रहरीले जनाएको छ।