इन्टरनेट सेवा प्रदायक भायनेटले आफ्ना ग्राहकलाई सहज सेवा प्रदान गर्नको लागि भाइबर च्याटबट संचालनमा ल्याएको छ ।
कम्पनीले विज्ञप्ती जारी गर्दै ग्राहकहरुलाई अझ नजिकबाट सजिलै सेवा प्रदान गर्नको लागि भायानेटले भाइबर च्याटबट संचालनमा ल्याएको जनाएको छ ।
भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबटसँग च्याट गरेर आफ्ना समस्याको समाधान गर्न सक्नेछन् ।
यसबाट भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञासा र समस्याको समाधान पाउन सकिने बताइएको छ ।
भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञासा, सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै पाउन सकिने कम्पनीले जनाएको छ ।