हनुमान जयन्तीको तिथि कार्तिक कृष्ण चतुर्दशी र चैत्र शुक्ल पूर्णिमा दुवै दिनलाई मानिएको छ । धर्म शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपी वायु पुराणादी–अनुसार कार्तिक महिनाको चतुर्दशीका दिन हनुमान जयन्ती अधिक प्रचिलित छ ।
त्यसको साथ साथै हनुमानको विवाह एवम् पुत्रको बारेमा पनि शास्त्रमा फरक फरक मत भेटिन्छ । परासर सम्हितामा उल्लेख भएअनुसार हनुमानले सूर्य पुत्री शुभर्चलासँग विहे गरेका थिए । सामान्यतयाः हामी कहाँ हनुमानको पूजा पाठ गर्ने एवम् मन्त्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिचासले दुःख नदिने भन्नेसम्म जनविश्वास छ ।
त्यस्तै हनुमान एवम् उनको पत्नीको दर्शन, पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने जानेछ भन्ने पनि शास्त्रमा पाईन्छ । दक्षिण भारतमा हनुमान एवम पत्नी शुभर्चलाको प्राचिन मान्दिर छ । जहाँ टाढा टाढाबाट भक्तजनहरु जाने गर्दछ ।
नेपालमा पनि हनुमानको मन्दिर र मुर्ती मल्लकालदेखि नै भेटिन्छ । मल्लकालमा हनुमानको ठूलो महत्व थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले ‘हनुमदध्वज’ उपाधि लिएबाट थाहा पाइन्छ । यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो । उपत्यकामा मात्र हनुमानको महत्व नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकप्रियता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजिक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ ।
मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका छन् । मल्लकालमा जस्तै यसकालमा पनि हनुमानका मूर्तिहरूको पूजा गर्ने हेतु उही थियो र यसकालमा हनुमानलाई शुक्रबाट रक्षा गर्न स्थापना गर्नको साथै सङ्कटमोचकको रूपमा समेत लिएको देखिन्छ । साथै यिनैलाई कष्टमोचक सिद्धिदाताका रूपमा पनि पूजा गर्न थालियो ।
विशेष गरी हनुमानलाई जिवित देवताको रुपमा पुजा गरिन्छ ।
बाँकी कुरा भिडियोमा हेर्नुहोस