काठमाडौँ । मुलुकमा स्थानीय वायुको प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू(भागमा आँशिक बदली रहे पनि अन्यत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । मंगलबार र बुधबार भने वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।
राति : प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।