अभिनेता सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत बहुप्रतिक्षित फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरेका छन् ।
त्यसयता, अहिले यो ट्रेलरलाई सामाजिक सञ्जालमा धेरैले शेयर तथा लाइक गरिरहेका छन् ।
ट्रेलर हेर्दा सलमान खान यस फिल्ममा दमदार इन्काउर स्पेशलिस्टको भूमिकामा छन् ।