घरको मूल ढोकाको छेउमा फोहोर कहिल्यै नराख्नुहोस् ,यसो गर्नाले तपाईँको छिमेकी लाई शत्रु बनाउँछ ।
२, सूर्यास्तको समय कसैलाई पनि दूध, दही या प्याज पैँचो नदिनुहोस् , यसले तपाईँको घरको रौनक समाप्त हुन्छ ।
३, घरको छतमा कहिल्यै पनि अन्न , या कपड़ाहरु नधुनुहोस् नपखाल्नुहोस् , तर सुकाउन सक्नुहुन्छ , छतमा अन्न या कपडा धुनाले ससुरालीसँग सम्बन्ध बिग्रन्छ ।
४, फलफूल भेटेसम्म खानुहोस् , स्वास्थ्यको लागि फाइदाजनक हुन्छ , तर यसको बोक्रा कुडेमा वा घरभित्र डस्बिनमा नराख्नुहोस् , बोक्रालाई बाहिर फाल्नुहोस् यसो गर्दा साथीभाइ मित्रहरूबाट लाभ लिन सक्नुहुन्छ ।
५, महिनामा एक पटक कुनै पनि दिन चिनी युक्त खिर बनाएर परिवारको साथमा बसेर खानुहोस् , अर्थात् जब पुरै परिवार एकसाथ बसेर खानुहुन्छ भने माता लक्ष्मी को छिटै कृपा हुन्छ तपाईँको घरमा ।
६, महिनामा एक पटक आफ्नो अफिसमा पनि मिठाइ , लड्डु वा पेडा अवश्य लिएर जानुहोस् , र उस मिठाइलाई आफ्नो साथीहरूको साथमा या आफ्नो अर्थात् आफू अन्डर काम गर्ने साथिहरु सँग बसेर खानुहुन्छ भने धन लाभ हुनेछ ।
७, राति सुत्नु अगाडि भान्सा कोठामा बाल्टिन या अंखरा भरी पानी राख्नुहोस , यसरी राख्नाले ऋणबाट चाँडै मुक्त हुनलाई मद्दत गर्छ र यदि बाथरुममा पनि भरिएको बाल्टिन राख्नाले जीवनमा प्रगतिको बाटोमा बाधा आउनेछैन ।
८, बिहीबारको दिन घरमा कुनैपन पहेँलो खानेकुरा खानुहोस् , हरियो बस्तु नखानुहोस् , तथा बुधवार को दिन हरियो बस्तु खानुहोस् तर पहेँलो बस्तु बिलकुल नखानुहोस् यसो गर्दा सुख समृद्धि बढ्छ ।
९, रातको समयमा जुठा भाँडाकुँडा कहिल्यै पनि नराख्नुहोस् , जुठा भाँडा रातको समयमा नराख्दा हानी बाट बच्न सकिन्छ ।
१०, नुहाएपछि वा एक दिन अगाडि प्रयोग गरेर भिजेको तौली प्रयोग नगर्नुहोस् , यसले बच्चाहरूलाई जिद्दीपन र परिवारबाट अलग गराउँछ , आफ्नो कुराहरू हुनपर्छ भन्न थाल्छन् । त्यसैले दैनिकी सफा र सुख्खा तौली प्रयोग गर्नुहोस् ।
११, कहिले पनि यात्रा गर्दा घरको पुरै परिवार एकै पटक घरबाट ननिस्कनुहोस् , अगि पछि भएर निस्कनुहोस् यसो गर्दा सफलता बढाउँछ ।
यस्ता अनेकौँ नराम्रा बानिहरूँ धेरै छन् जसको हेरचाह गर्ने हो भने जीवनमा कुनैपन समस्या भोग्नु पर्दैन । र सुख र समृद्धि बढ्छ ।