नेपाली काँग्रेस दोलखाको पूर्व पार्टी सभापति देवीप्रसाद न्यौपानेको निधन भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिकाको जफे स्थायी घर भएका न्यौपानलाई आफ्नै घर नजिक रुख काट्ने क्रममा रुखले किचेर घाईते भएको र उपचारक लागि लैजाने क्रममा वीच वाटोमै मृत्यु भएको नेपाली काँग्रेस दोलखाका नेता बर्मा लामाले केटिएम दैनिकलाई बताए । न्यौपाने नेपाली कांग्रेस दोलखाका पुराना र सालिन नेता थिए ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा, पूर्वमन्त्री एवं स्वर्गीय कांग्रेस नेता भिमवहादुर तामाङ दोलखाको पार्टी सभापति हँदा न्यौपाने पार्टी सचिव थिए । शिक्षण पेशामा रहेका न्यौपानेले २०३६ सालमा राजिनामा गरेर पंचायत बिरोधी आन्दोलनमा होमिएका थिए ।
नेपाली काँग्रेस फुटेर प्रजातान्त्रिक काँग्रेस बन्दा शेरवहादुर देउवाको पक्षमा उभिएका नेता न्यौपाने प्रजातान्त्रिक कांग्रेस दोलखाको पनि सभापति भएका थिए । टुक्रिएको कांग्रेस एक भएपछि न्यौपाने पुनः दोलखा कांग्रेसको पार्टी सभापति भएका थिए । न्यौपानेले लामो राजनीतिक जीवनमा लाभको पद भने पाएका थिएनन् । दोलखा कांग्रेसको राजनीतिमा न्यौपानेलाई वैचारिक, सालिन र भद्र नेताकोरुपमा चिनिन्छ ।
न्यौपानेको मृत्युले गर्दा दोलखा काँग्रेसले एक अभिभावक गुमाएको पार्टी सभापति रुद्र बहादुर खड्काले बताए ।
न्यौपानेको निधनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा गुरुङले लेखेका छन् “नेपाली काँग्रेस दोलखाका पूर्वसभापति, इमान्दार र शालिन व्यक्तित्व देवीप्रसाद न्यौपानेको अकल्पनीय घटनामा परी निधन भएको खवरले मर्माहत बनाएको छ । शोकको यस घडीमा दिवंगत न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”
नेपाली काँग्रेस दोलखाका पूर्वसभापति, इमान्दार र शालिन व्यक्तित्व देवीप्रसाद न्यौपानेको अकल्पनीय घटनामा परी निधन भएको खवरले मर्माहत बनाएको छ । शोकको यस घडीमा दिवंगत न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
— Parbat Gurung (@ParbatGurungg) April 22, 2021