काठमाडौं । नेपाल सरकारले वैशाख महिला भरिका लागि देशैभरुकिा सिनेमा हलहरु बन्द गरेको छ । करिव तीन महिला खुलेका सिनेमा हलहरु पुनः बन्द भएका हुन् ।
यतिबेला सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन रोकिए पनि नेपाली फिल्म निमाृण हुने प्रकृया भने अझ बढेको छ । सरकारले सोमबार नै हुलमूल नगर्न आग्रह गरेको छ भने यही दिन दुई वटा नयाँ नेपाली फिल्म छायांकनका लागि फ्लोरमा गएका छन् । छिट्टै काम सक्ने आशा बोकेर उनीहरुले छायांकन सुरु गरेका हुन् । तयार नेपाली फिल्महरुको लिस्ट पनि लामै छ । प्रदर्शनको मिति तय हुन सकेको छैन । तर लगानी गर्नका लागि भने निर्माताहरु अझै पनि डराएका छैनन् ।
स्पटब्वाई राजु फुयालले बनाउँदै गरेको फिल्म ‘प्रेमगन्ज’ ले सोमबारदेखि नै छायांकन प्रारम्भ गरेको छ । काभ्रेबाट खिच्न थालिएको यो फिल्मको छायांकन ४० दिनमा सक्ने टिमको तयारी रहेको छ । अडिसनमार्फत छानिएकी फिल्मकी मुख्य अभिनेत्री बेनिशा हमाल छायांकनस्थलमा छिन् ।
यो फिलमलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । त्यस्तै ३ वर्षपछि फिल्म ‘बाबरी’ मार्फत अदिति बुढाथोकी कम ब्याक गर्दैछिन् । उनकै आमाले बनाउँदै गरेको फिल्म पनि सोमबारदेखि फ्लोरमा गएको छ । फिल्मका लागि एक हप्तापछि तृप्ति नाडकरका छोरा धिरज टोटलानीले अर्को हप्ता छायांकन स्थल ज्वाइन गर्दैछन् । धिरज मगर हिजो नै लेटाङ पुगेका छन् । यो फिल्म भारतको सिक्किममा समेत छायांकन गरिँदैछ ।
कोरोना संक्रमणको महामारी बढिरहेको समयमा टिम भने काममा जोडतोडले लागेको छ । सोमबारदेखि नै छायांकनको तयारीमा रहेको फिल्म ‘घिन्ताङ’ पुनः रोकिएको छ । निर्मातारनिर्देशक दिपक श्रेष्ठलाई संक्रमण भएसंगै फिल्मको छायांकन यसअघि नै रोकिएको थियो । त्यस पश्चात अभिनेत्री परिवर्तनको लहरले यो फिल्मलाई प्रभाव पार्यो । अझै पनि टिम छिट्टै नै फ्लोरमा जाने योजना बनाएर बसेको छ ।
लामो समययता चर्चामा रहेको फिल्म ‘आँधी तुफान-२’ समेत छिट्टै नै फ्लोरमा जाने तयारीमा छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले बिहिबारबाट छायांकनमा जाने बताएका छन् । मदन घिमिरेले निर्देशन गर्ने फिल्म घोषणाको लामै समय पश्चात फ्लोरमा जान लागेको हो । कोरोनाको दोस्रो लहरले नेपाललाई प्रभावित पर्दै गर्दा टिम काम सुरु गर्ने तयारीमा लागेको छ । अहिले छायांकन कै क्रममा फिल्म ‘दोख’ को टिम भने जुम्लामा छ ।