सुदूरपश्चिममा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा २३१ नमूना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १३ जना, गोदावरी नगरपालिकाका ८ जना, घोडाघोडी नगरपालिका,चुरे गाँउपालिका,कञ्चनपुरको लालझाडी गाँउपालिका र डोटीको जोरायल गाँउपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको हो ।
हाल अस्पतालमा ३८ जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।