काठमाडौँ, ७ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई सातौँ टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि ९ वटा रङ्गशाला प्रस्ताव गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले आगामी अक्टोबरदेखि नोभेम्बरसम्म आयोजना हुने विश्वकपका लागि ९ वटा रङ्गशाला प्रस्ताव गरेको हो ।
सातौँ संस्करणको टी–ट्वान्टी विश्वकप भारतमा हुँदै छ । १६ राष्ट्र सम्मिलित प्रतियोगिता नोभेम्बर १३ मा सम्पन्न हुनेगरी निर्धारण गरिएको छ । उक्त प्रतियोगिताका लागि बिसिसिआईले अहमदाबाद, बैङ्ग्लुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कलकोता, लखनऊ र मुम्बई गरी ९ स्थान प्रस्ताव गरेको हो ।
यस्तै फाइनल खेल भने अहमदाबादमा खेलाइने गरी बिसिसिआईले आइसिसीलाई प्रस्ताव गरेको छ ।