कमेडी च्याम्पियन्सका एक जना प्रतियोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । शोले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक जना प्रतियोगीमा संक्रमण देखिएको जानकारी दिएको हो।
काेराेना संक्रमण देखिए पछि कमेडी च्याम्पियन्स २ को सुटिङ एक साताका लागि बन्द हुने भएकाे छ ।
‘कमेडी च्याम्पियन २ का एक प्रतियोगीमा कोरोना संक्रमण देखिएका कारण सावधानी अपनाउँदै यो हप्ता हुने टप ९ को छायांकन एक साता पछाडि सार्ने निर्णय गरिएको छ,’ च्याम्पियन्स शोले फेसबुकमा लेखेको छ,’ टिमका बाँकी सदस्यको पनि परीक्षण जारी छ र क्वारेन्टिन तथा आइसोलेसनको पनि उचित व्यवस्था गरिएको छ।’