काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका केही भेगमा हावाहुरीसहित असीना पानी पर्ने सम्भावना रहेको छ ।
हाल देशको उच्च पहाडी भू(भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अपराह्न र राति देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेकी तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
बैशाख ७ गते (मंगलबार)
दिउँसोस् देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति स् देशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
बैशाख ८ गते (बुधबार)
दिउँसोस् देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
राति स् देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
बैशाख ९ गते (बिहीबार)
दिउँसोस् देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
राति स् देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।