अभिनेत्री शिल्पा पोखरेलको पहिलो श्रीमान् खोज्दा सञ्चारकर्मी प्रकाश सुवेदी कारबाहीमा परेका छन् । उनले चलाउँदै आएका दुवै टेलिभिजन कार्यक्रम हाललाई निलम्बित गरिएको छ ।
केही समयअघि सुवेदीले बनाएको रजतपट अंकल टेलिभिजन कार्यक्रममा शिल्पा पोखरेलको पहिले नै बिहे भइसकेको, छवि ओझा दोस्रो श्रीमान् भएको उल्लेख गरिएको छ ।
सो विषयले आफ्नो चरित्रहत्या भएको र पत्रकारिता क्षेत्रकै हुर्मत लिइएको भन्दै अभिनेत्री शिल्पाले हिमालय टेलिभिजन र नेपाल प्रेस काउन्सिलमा उजुरी हालेकी थिइन् ।
प्रेस काउन्सिलको सिफारिसमा हिमालय टेलिभिजनले दुवै रजतपट अंकल र ग्ल्यामर गफ कार्यक्रम निलम्बित गरेको हो । अभिनेत्री शिल्पा र छविको सम्बन्ध विच्छेदबारे अहिले अदालतमा मुद्दा विचाराधीन छ ।