कैलालीका ११ सहित १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ३७ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
१३ जना मध्ये ९ जना धनगढी उपमहानगरपालिकामा रहेका छन् । १ जना घोडाघोडी नगरपालिकाका र १ जना बर्दागोरीया गाउँपालिकाका रहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए ।
दार्चुलाको भागेश्वारका र बैतडीको शिवनाथका एक-एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।