नयाँ वर्ष लागेपछि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। २०७८ साल लागेयता लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार रुपैंयाँ कायम भएको छ। यस अगाडी छापावाला सुनको मूल्य शुक्रबार ९० हजार ५ सय र आइतबार ९० हजार ७ सय रुपैंयाँ थियो।
सोमबार तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९० हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी तेजाबी सुनको मूल्य शुक्रबार ९० हजार र आइतबार ९० हजार २ सय रुपैंयाँ थियो।