एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७५ हजार बढिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
केही दिनयता दिनहुँ नयाँ रेकर्ड कायम हुने गरी कोरोना भाइरस संक्रमित थपिइरहेको भारतमा एकै दिन २ लाख ७५ हजार ३०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सँगै भारतमा कुल कोरोना सङ्क्रमितको संख्या १ करोड ५० लाख ५७ हजार पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७ सय ९३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमणण बढ्दै जाँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ ।