डाइरेक्टर बोनी कपुर र दिवंगत एक्ट्रेस श्रीदेवीकी छोरी जाह्नवी कपुरले बलिउड इन्डस्ट्रीमा फिल्म धडकबाट पाइला टेकेकी हुन् । यसमा उनको जोडी ईशान खट्टर थिए । दर्शक बिच उनीहरूको जोडीको ज्यादै चर्चा भएको थियो । यसपछि जाह्नवी अरू धेरै फिल्ममा पनि देखिइन् ।
फिल्म गुन्जन सक्सेना भन्ने वायोपिक र रुही जस्तो फिल्ममा खेल्ने अवसर पाइन् । भारतीय सञ्चारमाध्यममा आएको एक अन्तर्वार्तामा उनले आमा श्रीदेवीलाई कसैले सजिलै इम्प्रेस गर्न नसक्ने बताएकी छिन् । बलिउड फिल्म इन्डस्ट्रीको सम्बन्धबाट केही राम्रो कुरा आउँछ भने केही नराम्रो कुरा पनि आउने गर्छ । जाह्नवी भन्छिन्,’सिर्फ नेपोटपजम मात्र होइन, धेरै चोटि नायिकाहरू बिच तुलना हुने गर्छ । म र मेरो आमा श्रीदेवी बिच पनि धेरै चोटि तुलना हुने गरेको छ । अहिले पनि हुन्छ ।’
उनले भनिन्, ‘मेरो आमा आफ्नो समयमा सबै भन्दा सानदार एक्ट्रेसहरु मध्ये एक हुनुहुन्थ्यो । जब मेरो तुलना मेरो आमासँग हुन्छ तब मलाई ज्यादै प्रेसर महसुस हुन्छ । आमा श्रीदेवी पनि यसलाई लिएर सधैँ चिन्तित हुन्थिन् । आमाले सधै तिम्रो तुलना मसँग नहोस् भनेर कामना गर्नुहुन्थ्यो । यो तिम्रो पहिलो फिल्म हो र मैले पहिला नै ३०० फिल्म गरिसकेकी छु । त्यसैले तिमी म भन्दा धेरै राम्रो हुनुपर्छ ।’
अहिले म ज्यादै प्रेसर फिल गरिरहेकी छु । धडकको सुटिङ भएबाट नै मैले एकदमै प्रेसर महसुस गरिरहेको छु । म आफ्नो अभिनयबाट मानिसलाई निराश गर्न चाहन्न । म आभारी छु जसले मेरो कामको प्रशंसा गर्छ । म आफ्नै योग्यताको लमा यो इन्डस्ट्रीमा आफ्नो नाम बनाउन चाहन्छु, तुलना गरेर होइन ।
जाह्नवी कपुरको हालैमा नयाँ फिल्म रुही रिलिज भएको छ । त्यसमा उनको अभिनयको प्रशंसा भएको छ । उनी चाँडै नै करण हौजको फिल्म “दोस्ताना २” मा आउँदै छिन् । त्यसै उनको “तख्त” र “गुड लक जेरी” जस्ता फिल्म पनि आउँदै छन् ।