पछिल्लो दुई दिन यता आएको असिना पानी र हावाहुरीले काठमाडौँ उपत्यकाको मौसम केही खुलेको छ । बिहानैदेखि उपत्यकामा घाम लागेको छ भने मौमस सफा देखिएको छ ।
दिनभरि मौसम सफा रहेको भएता पनि अब हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको मौसम विभागले बताएको छ ।
मौसम विभागले ट्वीटरमा लेखेको छ, ‘हाल काठमाण्डौ उपत्यका लगाएत देशको पहाडी भू-भागमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी,असिना सहित वर्षा गराउने बादल विकासित भैरहेको छ । सुदुर पश्चिम, गण्डकी, बाग्मति प्रदेश र प्रदेश १ का थोरै स्थानमा मेग गर्जन सहित वर्षा भइरहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुने अनुरोध छ।’
हाल काठमाण्डौ उपत्यका लगाएत देशको पहाडी भू-भागमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी,असिना सहित वर्षा गराउने बादल विकासित भैरहेको छ । सुदुर पश्चिम, गण्डकी, बाग्मति प्रदेश र प्रदेश १ का थोरै स्थानमा मेग गर्जन सहित वर्षा भइरहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुने अनुरोध छ। @NDRRMA_Nepal pic.twitter.com/TdipfGGSAH
— Nepal Weather Forecast (@DHM_Weather) April 18, 2021