पछिल्लो समयमा कोरोना हटस्पटको रुपमा रहेको भारतको भ्रमण गरेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्नको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हजारौंको भीड लागेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह प्रत्येक १२ वर्षमा एकचोटी लाग्ने महाकुम्भ भेलामा सहभागी भएर आज स्वदेश फर्केका हुन् ।
दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा एकैदिन ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। उक्त दिन पूर्वराजा ज्ञानेन्द्रले पनि शाही स्नान गरेका थिए ।
भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए ।
विमानस्थलमा राजालाई स्वागत गर्नको हजारौंको संख्यामा मानिसहरु उपस्थित भएपछि प्रहरीलाई भिड व्यवस्थापन गर्नको लागि हम्मेहम्मे परेको थियो ।
पूर्वराजा शाह चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत गएका थिए । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी हरिद्वार पुगेका हुन् । सो मेलामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका हिन्दुवादीहरु नेताहरुको सहभागिता रहेको बताइएको छ ।
हेरौं केही तस्विरहरु
हेरौं भिडिओ