आज श्री शाके १९४३ बि.स.२०७८ साल वैशाख ५ गते आइतबार इस्वी सन २०२१ अप्रिल १८ तारिख चैत्र शुक्ल पक्ष षष्ठी तिथि आद्रा नक्षत्र अतिगण्ड योग कौलव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा ध्वाँक्ष योग राक्षसनाम संवत्सर सूर्य उत्तरायणं बसन्त ऋतु भ.पू.भैरव भद्रकाली रथयात्रा समापन,दक्षिण एसियाली ज्योतिष महासंघ स्थापना दिवस (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरू विफल हुनेछन् । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्र जनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईँको मेहनतको फल अनायासै अरूलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्झट सहनु पर्ला ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिनेछ । अर्काको खुसीको लागी अनावश्यक परिश्रम खर्चिनुपर्नेछ । सोचेको भन्दा बढी मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरूको दबाबको अनुभव हुन सक्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको विश्वास गर्नाले दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । अधिक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरू विफल हुनेछन् । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढाको मित्रसँग अप्रत्याशित मिलन हुनेछ । सामूहिक कार्यमा खर्च हुनाले मनमा प्रसन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाईँलाई कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य असर भोग्नु पर्ला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खोज तथा अनुसन्धानमूलक क्षेत्रमा बौद्धिकता खर्च हुनेछ । कुरा काट्नेहरू चुप भई प्रशंसा गर्न थाल्नेछन् । पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्धीहरू कमजोर रहनेछन् । आम्दानी क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरू सम्पादन गर्न उत्तम समय रहेको छ ।
कन्या राशि (टो, प, पि, फु, ष, ण, ठ, पे, पो)
मनमा चञ्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्रास आउनेछन् । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रसन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परिश्रम खर्चिनु पर्नेछ । भौतिक स्रोतसाधनको प्रयोगमा समय व्यतीत रहला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशित खबरले मनमा प्रसन्नता छाउनेछ । दुर्घटनापूर्ण यात्राको सम्भावना रहेको छ । साथीसँग सामीप्य बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनीका निम्ति उत्तम समय रहेको छ । कार्यकुशलताले मान्यजनहरूको मन जित्न सफल रहिनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा विश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरिचित व्यक्तिहरूको विश्वास गर्नाले षड्यन्त्रमा फसिएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरिक हुने अवसर प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धीहरू कमजोर रहनेछन् । साझेदारी कार्यमा हात नहालेकै बेस हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईँको कार्यले अन्य व्यक्ति हरूलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थ्यमा देखा परेको गडबडीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य क्षति ब्योर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नु पर्ला । नयाँ कार्य थालनीका निम्ति आट र साहसमा कमी आउनेछ । सन्तान सम्बन्धी समस्याले सताउने छ । मेहनत अनुरूपको फल प्राप्ति नहुनाले दिन निराशा पूर्ण व्यतीत हुने छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धी समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानी हुने योग रहेको छ । कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाइ रहन सक्छ । सवारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गर्नु पर्ने सम्भावना रहेको छ ।