नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार बिहान साढे ९ बजेतिर भेट भएको स्रोतले जनायो । नेता नेपाल झापाबाट सिधै कोटेश्वर आएका थिए ।
उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको जानकारीमा आएकाे छ । शुक्रबार कर्णाली प्रदेश सरकार जोगाउन एमाले नेता नेपालको पक्षका चार सांसदले फ्लोर क्रस गरेका थिए । सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले ‘फ्लोर क्रस’ गरेका थिए ।
कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो। जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए
कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो। मतदानका क्रममा सांसद देवी ओलीले आफ्नो मत सच्याएकी थिइन्।