स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले अविभावकले अटेर गरेर विद्यार्थीलाई विद्यालय पठाइरहे कोरोना महामारीले परिवार नै सखाप हुन सक्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले बिहीवार जारी गरेको अपिलपछि विद्यार्थी विद्यालय पठाउने नपठाउने भन्ने बिषयमा अविभावकमा अन्यौलको अवस्था उत्पन्न भएको भन्दै गौतमले अझै पनि विद्यार्थीलाई विद्यालय पठाइरहे अवस्था भयावह हुन सक्ने बताएका हुन् ।
उनले भने ,’हामीले आग्रह गरिसकेका छौं र सचेत पनि बनाएका छौं, अब अटेर गर्ने संग के लाग्छ ? अब विद्यालय वन्द नभएपनि अविभावकले आफ्ना छोरा छोरीलाई विद्यालय पठाउनु भएन, यदि अटेर गरेर विद्यालय पठाएमा परिवार पनि कोरोनाबाट सखाप हुन सक्छ ।’