जन्ममिति वा तिथिको आधारमा मानिसको भविष्यवाणी पनि गर्न सकिन्छ । यसका लागि कुन् महिनामा जन्मिएको भन्ने कुराले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । धेरैलाई के लाग्छ भने यस्ता काम त ज्योतिषले मात्रै गर्नसक्छन् ।
तर ज्योतिष विज्ञानका केही आधारभुत जानकारी लिएको अवस्थामा आम मान्छेले पनि जो कसैको स्वभाव र प्रबृत्तिको अवलोकन सहजै गर्नसक्छन् । यसका लागि केही विधि भने जान्नैपर्ने हुन्छ । यदी तपाईँ पनि आफ्नो जन्म महिनाको आधारमा आफ्नै स्वभाव लगायत कुरा थाहा पाउन चाहनुहुन्छ भने तल उल्लिखित तरिका पढ्नुहोस् ।
अहिले बैशाख महिना भएकोले हामी विशेषत: बैशाख महिनामा जन्मिने मानिसहरुको बारेमा उल्लेख गर्नेछौं ।
मेष राशि :
बैशाख महिना भन्नाले सुर्य मेष राशिमा रहेर उच्च हुने महिना हो । प्रचण्ड गर्मी हुने महिना हो । सुर्य ओज तेज र प्रकाशले भरिपुर्ण भएकोले यिनीहरु कोही सँग पनि डराउँदैन ।
बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
एकदमै रिसालु स्वभावका हुन्छ । सेना, प्रहरी तथा देश विदेश फाप्छ । जाडो र गर्मीलाई मज्जाले सहन सक्छन् ।
२४ वर्ष, ३६ वर्ष र ४८ वर्षको उमेरमा यिनीहरुको भाग्य खुल्छ । यस्ता मानिसहरुले सुर्य भगवान र गणेशलाई आराधाना गर्नु पर्छ । उनीहरुले मंगलबार र आइतबारको व्रत बस्दा राम्रो हुन्छ । सुर्यलाई प्रत्यक दिन पानी चढाउनुहोस ।