सरकारले विद्यार्थीको स्वास्थ्य माथि खेलबाड गरेकाे भन्दै नेपाल विद्यार्थी संघले (नेविसंघ ) आज प्रेस विज्ञप्ती जारी गरकाे छ ।
सरकारलाइ विद्यार्थीको स्वास्थ्य माथि खेलबाड नगर्न र विद्यार्थीहरूमा संक्रमण फैलिन नदिन विशेष पूर्व तयारी गर्न नेविसंघले माग गरेकाे छ । हाल विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुमा समूह गत रुपमा संक्रमण देखा पर्न थालेको घटनाले गम्भीर रुपमा ध्यानाकर्षण भएकाे महामन्त्री दीपक भट्टराईले जानकारी दिएका छन् ।
विगतमा लामो समयको लकडाउन र त्यसबाट श्रृजित अनेकन समस्या भोगि सकेका सबैमा यसले त्रास बढाएकाे छ । त्यसैले सम्पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन सवै जनामा महामन्त्री भट्टराईले अपिल गरेका छन् ।
नेविसंघले पछिल्ला दिनहरुमा देश भर कोरोना संक्रमणको दर पुनः बढ्न थालेकोले सवैलाइ चिन्तित बनाएको प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ ।