नेपाली म्युजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्युजिक भिडिओहरु निर्माण गरिरहेका छन् । सोही मध्येका एक हुन् राजु कान । अष्ट्रेलियामा रहेर धेरै गीतहरुमा मोडलिङ र निर्देशन गरिसकेका राजुको निर्देशन र अभिनयमा ‘डन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
लोकप्रिय गायकहरु सशान कंडेल र बिनय कार्कीको स्वर रहेको गीत ‘डन’मा महेश ज्ञवालीको शब्द र संगीत संगीत रहेको छ । गीतको भिडिओमा राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको छ । अष्ट्रेलियामै छायांकन गरिएको गीतको भिडियोमा कृष्ण सुबेदीको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई नयाँ वर्ष २०७८ को अवसर पारेर ब्ल्याक आइ क्रियसनको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडिओ