स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ ।
अति प्रभावित १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।त्यहाँका सहरी क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरिएको उनले जानकारी दिए ।“त्यहाँ विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने, “त्यसैले विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ ।”
यसअघि मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले अपिल जारी गर्दै भीडभाड हुने क्षेत्र तत्काल बन्द गर्न भनेका थिए । १४ जिल्ला अति प्रभावित भएकाले सचेत रहन उनको अपिलमा आग्रह छ ।“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन,
बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” उनले अपिलमा भनेका छन् ।
[wpna_related_articles title=”Related Content” ids=”62986,62716,62836″]
यस्तो छ ८ बुँदे अपिल
१) सबै नागरिकहरुमा कोभिड १९ को संक्रमणबाट जोगिन संवेदनशील बनिदिनु हुन र जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गर्न र गराउन भूमिका खेलिदिनुहुन र “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने बुझ्न र जिम्मेवार बनिदिनुहुन ।
२) स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरंङ, दांग, सुर्खेत, बारा, बागलुंग) बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिंग मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल आदि स्थलहरुमा सहभागि नभईदिनु हुन । तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गर्न गराउन भूमिकाहरु बढाई दिनु हुन ।
३) सबै अस्पतालहरुले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्नु हुन तथा कोभिड १९ परिक्षणका लागि नमूना संकलन तथा परिक्षणको व्यवस्थापन गर्न गराउनु हुन ।
४) नेपालमा विभिन्न होटेलहरुमा आई बसोबास गर्नु हुने विदेशी नागरिकहरुको सम्बन्धमा गेष्ट रजिस्ट्रेशन सिस्टम चुस्त दुरुस्त बनाई काम गर्नु हुन तथा पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा बास राख्नु हुन।
५) नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका सेवाग्राहीहरुलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालहरुमा पठाउने गरेर अनावश्यक दुःख हुने कामहरु नगराऔं नगरौं ।
६) सबै सरकारी अस्पतालहरुले कम्तीमा पचास प्रतिशत वेडहरु कोभिड १९ संक्रमितलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गरौं ।
७) नीजि प्रयोगशाला तथा अस्पतालहरुले कोभिड १९ को परिक्षण तथा उपचारका लागि तोकिएको शुल्क (पीसीआर परिक्षणका लागि दुई हजार रुपैयामा नबढाई तथा संक्रमितहरुको औषधि बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई पैतिस सय, मध्यमलाई सात हजार र जटिललाई पन्ध्र हजारमा ५०% थप भन्दा नबढ्ने गरी) मा उपचार बढी नहुने गरी व्यवस्था गर्नु हुन ।
८) बालबालिका, गर्भवति, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिकहरुको कोभिड १९ परिक्षण तथा उपचारमा उच्च प्राथमिकता दिनु हुन ।
[wpna hide=’wp’]
Ktm Dainik युट्युवमा पनि छ । हामीलाई तपाइहरुले फेसबुकमा साथ दिएजस्तै Youtube मा पनि Subscribe गरेर साथ दिनुभयो नयाँ नयाँ भिडिओहरु उत्पादन गर्न हौसला मिल्नेछ । यदि तपाइहरुले Youtube मा Ktm Dainik Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरिदिनुहोला ।
यहाँ हामीले कोमल वलीको एक भिडियो पनि राखेका छौं । एकचोटी हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला । .
[/wpna]