विहीबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभर ४ हजार १ सय ५२ जनाको नमूना परिक्षण गर्दा ४९० र ५ सय ६४ एन्टीजेन परिक्षण गर्दा ४४ जनामा गरी कूल ५ सय ३४ जनामा भाइरसको संक्रमण पाइएको छ ।
योसहित कूल संक्रमितको संखख्या २ लाख ८२ हजार ५४ पुगेको छ जसमध्ये २ लाख ७४ हजार ६ सय ४ जना भाइरसमुक्त भएका छन् भने ३ हजार ६६ जनाले ज्यान गुमाएका छन् ।
आज भेटिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय ४५ भक्तपुरमा ८ ललितपुरमा ४३ गरी काठमाडौं उपत्यकामा कूल १ सय ९६ जनामा संक्रमण पाइएको छ ।
त्यस्तै गरी बाँकेमा ८९ कास्कीमा ३८ जनामा भाइरसको संक्रमण पाइएको छ ।
आज भेटिएका संक्रमितमध्ये १९ वर्ष मुनिका बालबालिकाको संख्या ५२ छ । जसमध्ये ९ वर्ष भन्दा कम उमेरका १२ बालबालिकामा भाइरसको संक्रमण पाइएको छ ।
२० देखि २९ वर्ष उमेर समूहका १०७, ३० देखि ३९ वर्ष उमेर समूहका १ सय १४, ४० देखि ४९ वर्ष उमेर समूहका ९२ र ५० वर्ष भन्दा उमेर समूहका १ सय २४ जनामा भाइरसको संक्रमण देखिएको छ ।