कर्मचारी सञ्चय कोषमा मुख्य प्रबन्धकको रुपमा कार्यरत रहेका अर्जुनकुमार गौतम हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा सिफारिस भएका छन् । कम्पनीको सीईओ नियुक्त गर्न गठित उपसमितिले गौतमलाई सिफारिस गरेको हो ।
अब उनलाई सञ्चालक समितिले नियुक्ति दिनेछ । १५ दिनभित्र कार्यसम्पादन सम्झौता गर्न भनिएको छ ।