कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि केजरीवालले यो निर्णय लिएका हुन् ।
११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ संक्रमित फेला परेका थिए । ८ अप्रिलदेखि १४ अप्रिलमा यो संख्या बढेर ७६ हजार ८७० पुगेको थियो ।
दिपिका रणवीर बैङ्लोरमा
कोरोनाको कहर विश्वव्यापी रुपमा बढिरहेको छ । यस्को असर छिमेकी राष्ट्र भारतमा बढी नै देखिएको छ । दैनिक २ लाखनभन्दा बढी संक्रमित भेटिन थालेपछि त्यहाको अवस्था भयावह बन्न थालेको छ । केही मानिसहरु ज्यान जोगाउनको लागि विभिन्न देशहरुको साहारा लिन पुगेका छन् भने केही नेपाल पनि आइरहेका छन् ।
कोरोनाले भारतको सिनेमा उद्योग बलिउड पनि नराम्रो प्रभावमा परेको छ । भर्खरै खुलेका सिनेमाहलहरु बन्द हुने अवस्थामा छन् भने धेरै सिनेमाहरु अनलाइनका माध्मबाट देखाइरहेको छन् ।
सुटिङ्गमा रहेका धेरै कलाकारहरु कोरोना संक्रमणबाट पीडीत भएका छन् । रणवीर कपुर, आलिया भट्ट, आमिर खान माधव आरवानलगायतका कयौं कलाकार कोरोना संक्रमित भएर आइसोलेसनमा बसिरहेका छन् भने केी कलाकार कोरोना छल्न माल्दिभ्स पुगेका छन् ।
कोरोनाको अत्याधिक रुपमा बढेपछि भारतको मुम्बइमा जनता कर्फ्यु लगाउने तयारी भइरहेको छ । लकडाउनको सुईको पाएपछि बलिउडका प्रख्यात जोडी रणविर सिंह र दिपिका पादुकोण बैङ्लोर गएका छन् । भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुशार उनीहरु अभिभावकको साथमा बैङ्लोर गएका हुन् ।