बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएका एक जना पुरुषको निधन भएका छ । बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति निधन भएको फोकल पर्सन ओलीले बताएका छन् ।
अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट ज्यान जानेकाे संख्या ५९ पुगेको उनले जानकारी दिएका छन् ।