नेपाली बजारमा आज सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा केही मात्रामा घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा १ सय रुपैँयाले कमि आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८९ हजार ५ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५० कायम भएको छ ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि केही मात्रामा घटेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैँया घटेर १ हजार २ सय ६० निर्धारण भएको महासंघले जनाएको छ ।
चैत महिनामा कुनैपनि दिन सुनको मूल्य तोलाको ९० हजार नाघेको छैन ।