हरेक मानिस शारीरिक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।
समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् ।
तीन वर्षको कलिलो उमेरदेखि भारतनाट्यम सिकेकी बलिउड एक्टर तथा डान्सर सुधा चन्द्रनको जीवनमा ठुलो संकट तब आयो जब उनी बस दुर्घटनामा परिन् ।
उनलाई सामान्य चोट लागेको थियो तर समयमा चेकअप नगराउँदा उनको दाहिने खुट्टा काट्नु परेको थियो । उनको करिअरमा ठुलो धक्का लाग्यो । तर उनले हार मानिनन् ।
आर्टिफिसियल खुट्टा हालेर उनी एकपटक फेरी आफ्नो करिअर बनाउन लागि परिन् ।
घाइतेभएपछि उनले जब पहिलो पटक स्टेजमा परफरमेन्स दिइन् तब उनको उत्साहाको चौतर्फी तारिफ गरिएको थियो । उनलाई एक पत्रिकाले कोट गर्दै लेखेको थियो एउटा खुट्टा गुमाइन् तर माइल हिडिन्
उनी भारतीय फिल्मीकी चर्चामा रहिरहने अभिनेत्रीमा गनिन्छिन् । उनले धेरै अवार्ड पनि प्राप्त गरेकी छिन् ।