तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा बस्दै आएकी ७१ बर्षीया नन्दकुमारी दवाडी । उनले पन्ध्र वटा सन्तान जन्माए पनि १४ वटाको मृत्यु भइसकेको र रहेको एक छोरा पनि ससुरालीमा बस्दै आएपछि यी वृद्वा आमा अलपत्र पर्दै आएकी छिन् । भएको एक जना छोरा पनि ससुरालीमा बसेपछि वृद्वा आमा एक्लै भएकी हुन् ।
खादै बस्ने उमेरमा सहारा कोही नभएपछि वृद्वा आमा आफ्नो हेरविचार आफै गर्छिन् । सके बनाएर खान्छिन् नसके भोकै कमाएर ल्याइदिने पनि कोही नभए पछि वृद्धा आमा बेसहारा र अलपत्र परेकी हुन् । मरेर जाने त गए बाच्ने छोरा पनि साथमा छोइन् । आफ्नो भएको एउटा छोरा फर्की आउँछ कि भनेर बाटो हेरेर बस्छिन् वृद्धा आमा । १४ वटा छोरा गुमाएकी वृद्धा आमा मनमा लाखौँ पीडा लिएर अहिले एक्लै बस्दै आएकी छिन् ।
भएको एउटा छोराले विवाह गर्यो अब एक्लो हुन्न भन्ने आशा गरेकी वृद्धा आमा आज बेसाहारा भएकी छिन् । “आमा बाबुको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङ्गा माथि” भन्थे वृद्धा आमाको जीवनमा पनि त्यस्तै भएको छ सन्तान भएर पनि अलपत्र भएर बस्ने अवस्थामा पुगेकी छिन् । बुढेसकालमा अलपत्र परेर बसेकी छिन् ।