नेपालमा दस वर्षदेखि उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आइटी एण्ड इ–कमर्सको २०१९/२० को दीक्षान्त समारोह सम्पन्न भएको छ।
बेलायतको कोभेन्ट्री विश्व विद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्टवारिका कलेजका क्म्प्युटिङ विषयमा स्नातक गर्ने ४ सय विद्यार्थी दीक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।
कार्यक्रममा बोल्दै ब्रिटिस राजदूतावासको इन्टरनेसनल ट्रेड विभागका प्रमुख सुवास थापाले सफ्ट्वेरिका कलेजले नेपालमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गरेर नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए।
कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिङ कोर्स, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आइटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरिएको छ।