नेपालमा पहिलो पटक अन्लाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित साथीमार्टले छोटो समयमा नै लोकप्रियता कमाउन सफल भएको छ ।
सबैभन्दा धेरै शाखा सञ्जाल रहेको साथीमार्टले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डको आधिकारिक बिक्रेता बनेको छ ।
छोटो समयमा नै देशैभर करिव ७० वटा शाखा खोल्न सफल भएको मार्टले युनिलिभर, डाबर, पिएनजि, जिलेट, ओले, हुइस्पर, ब्रीटानिया, केलोक्स, हरलिक्स, सेन्सोडाइन तथा अन्य ३० भन्दा बढी वस्तुहरुको आधिकारिक बिक्रेता बनेको छ । मार्टले सबै ब्रान्ड नै समेट्ने गरी आधिकारिक बिक्रेता बनेको हो ।
यसका साथै मार्टले ग्राहकहरुको सुविधाको लागि बिभिन्न स्किमहरु पनि ल्याएको छ । साथीमार्टका ग्राहकले ३३ प्रतिशत सम्म छुट तथा टिभी, फ्रिज, वाशिङ मेसिनलगायतका छुट तथा उपहारहरु पाउनेछन् ।
यस्तै, मार्टले केही सीमित अवधिको लागि आक्रमक रूपमा बजार विस्तारको लागि पुराना मार्टसँग मर्जर तथा नयाँ शाखा खोली काठमाडौंमा २०० को संख्या पुर्याउने लक्ष्य समेत राखेको छ।