यति एअरलाइन्सले “यति सस्तो” भाडादर सार्वजनिक गरेको छ ।
एअरलाइन्सको मोबाइल एप डाउनलोड गरेर प्रोमो कोड “YETISASTO” राखेपछि सस्तो भाडादरमा टिकट पाइनेछ ।
एयरलाइन्सले काठमाडौंदेखि बिराटनगरको प्रतियात्रु रु २ हजार, काठमाडौंदेखि पोखराको १ हजार ५ सय, काठमाडौंदेखि भैरहवाको १ हजार ७ सय , काठमाडौंदेखि झापाको भद्रपुरको लागि २ हजार ४ सय र काठमाडौंदेखि नेपालगन्जको लागि ३ हजार रुपैंयामा टिकट उपलव्ध हुने जनाएको हो ।
यी टिकटहरु शनिबारसम्म काट्न सकिनेछ ।